Home
माया प्रेम का कुरा
Showing posts with label माया प्रेम का कुरा. Show all posts

** Nepali Love Letter By Swpnil Nirav ***
प्रियशीलाई परदेशीको प्रेमपत्र"
मनकी रानी ,
तिमीलाई हृदय देखी नै न्यानो माया असिम सम्झनाका लहरहरु,
अप्रत्यक्ष स्पर्शका लाखौँ रसास्वादनहरु !
सम्झनाले जती सताए पनी ,विछोडको पिडाले जती तड्पाए पनी भावानारुपी दियोमा, कल्पनारुपी आशाका दीप जलाउँदै तिम्रै सम्झनामा, भरोसा र आशामा बाँचिरहेकोछु। तिम्रो सुकोमल, पुर्णिमा सरीका वदनका आधिकारिकता म प्रती नै कायम गरी सकुशल र सुमङ्गल जिन्दगीलाई अगाडी बढाई रहेकी छौ भन्ने पुर्ण विश्वासका साथ सात समुन्द्र पारी प्रदेशी जीवनलाई आशै आशाको डोरीले कसेर बाँचेको छु।
नविनतम र उल्लेखनिय त केही छैनन, तै पनी तिमी प्रती उब्जिएका मायाका छालहरु मेरो हृदय र मस्तिष्कको सागरमा अटुट रुपमा तरङ्गित भैरहेको छ। यो वेगलाई केही हदसम्म भए पनी शान्त पार्न सेतो कागजमा शब्दहरुले रङ्ग्याएर तिम्रो अगाडी पस्कने जमर्को गरे।
हुन त यो पिडा मेरो मात्र होईन,आफ्नो घर छिमेक समाज गाँउ ठाँउ देश तथा अङ्गालोमा बेरिन तत्पर रहेकी अनिता हरामलाई कोशौँ टाढा छाडेर यस मरुभुमी तुल्य देशमा विभिन्न किसिमको काम गरेर दिन गुजरा गर्ने हजारौँ नेपाली मध्ये म पनी एक हुँ।
माया प्रीती साईनोले वर्षौँ पार गरे तापनि वैशाँलु मन न्यानो स्पर्श र अङ्गालोबाट टाढा भएर होला काटेको घाउमा खुर्सानीको लेप लगाए जस्तो भैरहेको छ तै पनि मनलाई वेदना र चोटहरु बाट सम्हालेर दैनिक कार्य अगाडी बढाउन परेको छ।
, तिमीसंगको फोन एस.एम.एसको सहायताले मलाई तिम्रो नजिक पुर्याउने कार्य त गरिरहेकै छ तर तिम्रो यादले मलाई अर्धचेत बनाएको छ। कारण मेरा तिमी प्रती समर्पित चोखो, निश्चल, निर्मल र अबोध माया हो । म यो माया यो जुनीमा तिमी बाहेक कहीँ कतै बाट वैकल्पिक परिपुर्ती गर्न सक्दिन। समयको धैर्य राखी परिक्षण गरेर हेर , मेरो रगतको थोपा थोपामा आफुलाई पाउनेछौ। यो बिरानो ठाउँ यो बिरानो ठाउँमा न भाषा मिल्छ न भेष न लवाइ न त न खवाई न बसाँई न त सुताई नै मिल्छ तै पनी म प्यारी लजालुलाई प्रत्येक परिस्थितिमा सम्झिरहेको हुन्छु।
यो बिरानो ठाउँमा म के नै पो गर्न सक्छु र, म भन्दा समय कोशौँ गुणा बलवान छ। यस्लाई म न रोक्न सक्छु न त छेक्न नै। औंसीका ताराहरु सुनौलो पुर्णेमाको आगमनको प्रतिक्षामा जसरी चिप्लिरहेका हुन्छन, त्यसरी नै दिनरात व्यतित भैरहेको छ। तर म पनी यो दुरताको कालो बादल फाटेर सुमधुर मिलनको स्वच्च बिहानी भेट भने अझै धेरै दुर भए जस्तो लाग्छ ।आशा छ यो दुरताको पर्खाल पनि 'रुप हराम' जस्तै स्वच्छ प्रेम गर्नेहरुको सामु हिउँ झै पग्लिएर बिलिन हुन बाध्य हुनेछ।
आउँदै गरेको विशेष दिन प्रेम दिवस (Valentine Day 14 Feb.) संसारका हरेक प्रेमी जोडीहरु भव्य मनाउने छन त नयाँ पुस्ताहरु प्रेम जोडी बनाउन एकले अर्कोलाई आ-आफ्नो तरिकले प्रस्ताव राख्नेछन। एक अर्कामा चिनो साटासाट अवस्य गर्नेछन, तर प्रेम दिवस जस्तो महत्वपुर्ण दिनमा तिम्रो अपुर्णता छाउनेछ........।।
नयन भरी आँशु नै आँशु छचलकिएको छ। तैपनि विगतका छोटा दिनको सम्झनाले मलाई निकै हर्षित तुल्याउँछ। सायद लाग्छ ति आँशुलाई हर्षाश्रुको रुपमा लिएर दैनिक कार्यलाई निरन्तर्ता दिई रहेको छु।
दैनिक कथा व्यथा पिडा भोगाई विछोड तड्पाई हाँसो आँशु रमाईलो नरमाईलो क्षणका प्रतिबिम्व आफ्नै डायरीमा उतार्दा उतार्दै पनी तिम्रा लागी मनका बहहरुलाई कलम बाट जती नै व्यक्त गर्न खोजे पनी अपुर्ण नै हुंदो रहेछ। मेरा मनले व्यक्त गर्न र लेख्न नसकेका कुराहरु ‘अनिता हराम’को मनले पक्का पनी बुझ्नेछ। बारम्बार कलम चलाए पनी सेतो कागजमा मन बह ईच्छा चाहानाहरुलाई समेट्न गाह्रो हुँदोरहेछ।
तिम्रो यादमा तड्पिरहने यो मुटु

फेसबुक सँग बसेको पिरती
पिरती बस्यो फेशबुकसँगैप्रिय फेशबुक,मिठो सम्झना अनि धेरै मायाप्रिय फेशबुक, मलाई त आरामै छ अनि तिमी पनि आरामै छौँ होला भन्ने आशा गर्दछु । केही समय अगि सुनेको थिए तिमीलाई मनपराउने अनि एकदमै माया गर्ने साथीहरुको संख्या ५० करोड भन्दा पनि माथि पुगिसक्यो भनेर ! यो खबर सुन्दा र म आफु पनि तिमीलाई मनपराउने प्रशंसकहरु मध्येको एक हुँ भनी चिनाउन पाउँदा एकदमै खुशी लागिरहेको छ ।
प्रिय फेशबुक, मैले कतै सुनेको अनि पढेको पनि थिए, एकै नजरमा पनि माया बस्छ भनेर तर नढाँटिकन भन्नुपर्दा तिमीलाई भेट्नुभन्दा अगिसम्म यो सब कुरा झुठो हो जस्तो लाग्दथ्यो मलाई तर जब आजभन्दा करिब दुईवर्ष अगि इन्टरनेटको दुनियाँमा भ्रमण गर्ने क्रममा पहिलोचोटि तिमीसित भेट भयो मलाई यो कुरा साँचो हो भन्ने थाहा भयो ।.......
प्रिय फेशबुक, तिमीले मनमनै कति गफ हान्यो यो केटाले भन्यौँ होला तर धरोधर्म यो कुरा सोहै आना साँचो हो । मैले मात्रै होइन, तिमीलाई त म जस्तै कति हो कति साथीले पहिलो भेटमै मनपराउनु भएको छ । यदि विश्वास लाग्दैन भने अहिले यो प्रेमपत्र पढिरहनु भएको साथीलाई नै सोधन् , वहाँले तिमीलाई कति मनपराउनुहुन्छ भनेर ? वहाँले पनि तिमीलाई पक्कै पनि धेरै माया गर्नुहुन्छ भनेर मलाई पुर्ण विश्वास छ ।यो त भयो पहिलो भेटको कुरा, तिमीलाई भेटिसकेपछि मलाई पनि तिम्रो साथी बन्न मन लाग्यो अनि त्यसको लागि आवश्यक फर्म भरी साइन अप क्लिक गरी तिमा्रे साथी त बने तर सुरु–सुरुमा आफ्नो प्रोफाइल बनाउदाँ र एकाउन्ट कन्र्फमेशन गर्दा चाँहि तिमीले अलि अलि दुःख दिएर सताको पनि मैलेँ कहाँ भुलेको छु र ! तर तिमीले सुरुमा अलि अलि सताए पनि केही दिनपछि एकपछि अर्को गर्दै मेरो स्कुलदेखि क्याम्पससम्मका साथीहरु र अरु थुप्रै मिल्ने साथीहरु र आफन्तहरुलाई तिमीमार्फत भेट्न पाउँदा म कति खुशि छु भनेर तिमीलाई थाहै छ र तिमीले गर्दा अहिले त मेरो साथीहरुको एउटा सानोसंसार नै भइसकेको छ र त्यसको लागि तिमीलाई जति धन्यवाद दिए पनि अपुग नै हुन्छ तैपनि मेरो ह्दयदेखि नै मुरी मुरी धन्यवाद छ ।एउटै शहरमा र टाढा टाढा भएका सबै साथीहरुसँगको भेट अनि उनिहरुको फोटो र स्टाटशमा कमेन्ट हान्दा र अझ च्याटमार्फत अनलाइन भएको बखत प्रत्यक्ष कुराकानी गर्न पाउँदा मलाई मात्रै नभई सबै साथीहरुलाई खुशि लागिहाल्छ नि ! अझ आफ्नै फोटो र स्टाटशमा साथीहरुले हानेको कमेन्टको रिप्लाई गर्न पाउदाँको मज्जा त छुट्टै छ नि ।यि बाहेक अरु अनेकन सुविधा दिएर तिमीले मलाई मात्रै होइन करौडौँ साथीहरुलाई मोहोनी नै लगाइरहेकीछौँ तर केहि फेक प्रोफाइल र अश्लिल र विशेष गरी राजनीतिक नेताहरुलाई लक्षित गरी प्रकाशित गरीने सामग्रीले तिम्रो सुन्दरतामा कमि ल्याइरहेको छ । त्यस्ता सामग्री तिमीमार्फत प्रकाशन गर्नेलाई दण्ड र सजाय दिनुपर्ने बेला पनि भइसकेको छ । केही व्यक्तिहरुको त्यस्तो तुच्छ र घृणित कार्यले गर्दा म तिमीलाई गुमाउन चाहन्न , त्यही भएर बेलैमा केही कदम उठाउनु है तिमीले !प्रिय फेशबुक ,अब अरु धेरै के लेखुँ र साथीहरुलाई पनि बोर लाग्ला फेरी ! अँंं...खासमा कुरा के भनी म विशेष कारणवश हाम्रो देश नेपालको छिमेकी देश चीनतिर केही दिनको लागि जादैँछु र त्यहाँ कार्य व्येस्तताले गर्दा तिमीसित भेट गर्न नपाइयेला जस्तो छ । त्यही भएर जानु अगि तिमीलाई यो पत्र लेखेको, म केही दिनको लागि टाढिए अनि तिमीलाई भेट्न आइन भन्दैमा माया चाहिँ नर्मानु नि फेरी ! म केही दिन पछि आइहाल्नेछु नि ! त्यतिन्जेल पर्खि बस्नु है, म चाडै आउनेछु..........उही तिमीलाई धेरै माया गर्ने
s.p
अनलाईनमा आधारित एक प्रेम कथा
अनलाईनमा आधारित एक प्रेम कथा
घडिको सुई भित्तामा कहिले चढ्दै त कहिले ओर्लदै थियो।शुन्यतामा टिक् टिक् आवाज काफी थियो मुटुको धड्कन अझ तेज बनाउन। यस्तै ९ बजेको हुदोँ हो।एक्लै धुम्धुम्ती कोठामा बसिरहेकी मलाई नजिकैको स्योकेशमा राखिएको किताबका खातहरुले टोकुलाँ झै हेर्दै थियो। सुरज गएदेखि मेरो एकान्तको साथी बनेका ती किताबहरुलाई खै किन हो आज पल्टाउनै मन भएन।किन किन मन फुङ् उडेको मरुभुमि जस्तै हुदैंथियो।यस्तो त मलाई कुनै अपशकुन हुनु अगाडी हुने गर्दथ्यो। म निद्रादेविको काखमा लुट्पुटिन आतुर थिएं ।तर आज निन्द्रादेबिले त्यति छिट्टै बोलाउलिन् जस्तो कुनै छाँटकाँट नै देखिन।आँखा उध्रेका बोरा झै खुल्लै रहिरहेथ्यो जति च्यापे पनि।अलि पर हेरें टेबलमा ल्यापटपले मलाई जिस्काईरहेको थियो।म जुरुक्क उठें।ल्यापटप सुम्सुम्याएं। कता कता सुरजलाई नै सुसुम्याउँदै छु जस्तो भान भो।
यहि त सुरजले अष्ट्रेलिया जानु आघि "सानी म गएपछि एकान्तलाई टाढा गर्ने साथी यहि हो।"भनेर उपहार दिएको थियो।साँच्चै यहि त हो मेरो बेचैन मनलाई केहिछिन भएपनि राहत दिलाउने।वाईफाई कनेक्सन गर्यो । नेटवर्कको बिभिन्न साईट हेर्यो ।मन भुलायो।मैले ल्यापटप खोले।मुसुक्क हाँस्यो ल्यापटप मानौ उ मेरो निकै पुरानो साथी हो र भर्खरै भेट बहेको थियो।म पनि बन्द ओठबाट अलिकति हाँसे।याहु,स्काईप,फेसबुक,मझेरी या अन्य कुनै? कुन खोलौं मन घुम्यो।मेरो रोजाईका साईटहरु थुप्रै छन् तथापी म प्राय फेसबुक र याहुखोल्न मनपराउँछु।हातहरु स्वत फेसबुक खोल्नतिर अगि बढ्यो।साईन ईन गरें।राता राता नम्बरहरु म्यासेज बक्स ,फ्रेन्डरिक्वेस्ट र नोटिफिकेशनमाथि नाचिरहेको थियो।पहिलो प्राथमिकता म्यासेज बक्सलाई लौ जा त।बिजुलीको झट्का झै म्यासेज बक्समा किल्क गरें।खासै त्यस्तो म्यासेज देखिन।अब पालो नोटिफिकेसनको।साथीहरुले आफ्ना रचनामा मलाई टाँग्न भ्याउनुभएकोरहेछ। हातहरु युनिकोड टाईप गर्न हतारिए। विस्तारै विस्तारै साथीहरुको प्रतिकृया बक्स भर्न थालें।
मन यसै भुल्न थाल्यो।मौनता भने कायमै ।जरै गाडेर बसेको ।मेरा आँखाहरु कहिले साथीहरुको स्टाटसमा त कहिले नव सृजनाहरुमा गएर टाँसिन्थें।मन परिहालेमा लाईक बटम थिचिहाल्थें।यसो आँखा घुमाउँदै थिएं कि म्यासेज बक्समा गएर टक्क आडियो।म्यासेज बक्समा म्यासेज तरलङ्गं झुण्डिएको रहेछ ।म प्राय च्याटमा बस्न रुचाउँदिन ।त्यसैले केहि भन्न मन लाग्यो भने मलाई साथीहरुले म्यासेज नै गर्नु हुन्थ्यो।हतार हतार म्यासेज हेरें।
"स्वीटी याहुमा आउ न।" यस्तो लेखिएको रहेछ।पठाउनेको नाम हेरें।पठाउने उहि मेरी प्यारी सखा रेबिना थिइन्।
झण्डै दुई महिना भएको थियो होला उनि नेटवर्कको दुनियाँबाट हराएकी।त्यो भन्दा अगाडी हाम्रो भेट अनलाईनमा प्राय जसो दैनिक हुने गर्थ्यो । उसले खोलीकी' मुस्कान' ग्रुप निकै चलेको ग्रुपहरु मध्यमा एउटा पर्दथ्यो । हामी बेलुकाको समयमा प्राय यहि ग्रुपमा च्याटमा मस्त हुन्थ्यौं।उनि निकै मजाकिया कुराहरु गर्थिन्।धेरै फ्यानहरु थिए।त्यसरी ग्रुप च्याटमा बस्दा समय बितेको पत्तै हुन्नथ्यो।साह्रै खुसी देख्न्थिन् ।उनको फ्रेण्डलिस्टमा फ्रेन्डमात्रै झण्डैपाँचहजार पुग्न लागिसकेको थियो। प्रोफाईल पिक्चरहरु असाध्यै राम्रा हुन्थे। उनको तस्वीरमा लाईक गर्ने मात्रै सय दुईसय हुने अनि प्रतिकृया त कति हो कति । सबैसंग खुलस्त भएर बोल्न रुचाउने भएकीले होला सबैको प्यारी थिइन्।खुला हृदयकीधनी मेरी सखालाई म मिस गर्दैथिएं।खल्लो अनुभव गर्दैथिएं। आज टुप्लुक्क अनलाईनमा भेट्दा मन फुरुङ्ग भयो। मैले पनि " ओके डियर" भनेर रिप्लाई गरें।
हतार हतार याहु साईन इन् गरें । उनि अघिदेखि अनलाईमै रहिछिन्।"सरी।" भनें "इट्स ओके स्वीटी" उनले रिप्लाई गरिन्। उनले भ्वाईस कल गरिन्। मैले रिसिव गरें। "स्वीटी कस्तो हेर्न मन छ प्लीज क्याम देउन।" रेविकाको अनुरोध थियो।मैले ठट्टा गर्ने मनसायले "किन हो बिर्सिसक्यौ र मलाई? " भनें।तर उनि गम्भिर मुद्रामा पो पाएं।स्वर कता कता भासिए जस्तो लाग्यो।मैले क्याम दिएं।अनि भनें" म चाँहि तिमीलाई नहेरुँ?" फिस्स हाँसे जस्तै आवाज कानमा ठोक्कियो।
क्याम खुल्यो। साँच्चै उनि हाँस्ने असफल प्रयास गर्दैथिइन्। ओहो! म जिल परें।म कोसित बोल्दैथिएं? आफैलाई शंका लाग्यो ।रेबिका त हैनन् । ए हैन रहेछ उनि त रेबिका नै पो थिइन् त। म पनि फिस्स हाँसे उनलाई हेरेर। कस्तरी झाँटिएकी? एकछिन अल्मलिएं।गालाका हड्डीहरु बढेका थिए। आँखा खोपिल्टाभित्र पसेका।नाक सगरमाथा झै ठडिएको। कपाल उस्तै रहेछ।अगाडी निलम कट पछाडी काँध काँध झरेको सगरमाथाको आधारसिविरबाट झरे जस्तै। हाँस्दा दाँतहरुमात्रै सेता देखिने।
" हैन कता हराएकी आजभोली?"
मेरो प्रश्न सोझै तेर्सियो।
प्रतिउत्तरमा साविकमा झै" अलि बिजी थिएं स्वीटी डकुमेन्टस बनाउन धाएको धायै छु।" पाएं।
उनि पछिल्लो २ वर्षदेखि यु केमा स्टुडेण्टस भिसामा पढ्दै थिइन् । अझै भिसा थपेर करियर डेभलोप गरेर मात्रै फर्किने सुरमा थिइन्।
"ए अझै मिलेको छैन?"
"उफ् मिल्ला जस्तो छैन।" स्वर भासिएको थियो।
म मौन थिएं। उनि मसंग हाँस्ने असफल प्रयास गर्दैथिइन् ।
तर मेरो नजरबाट त्यो लुक्न सकेन ।
सोधें " केहि लुकाउँदैछौ? के भो? किन यस्तरी दुब्लाएकी?"
सन्नाटा छायो ।एकछिनमा मेरा कानाहरु चिसा भयो ।उनि जे भन्दै थिइन् त्यसमाथि म सजिलै विश्वास गरिहाल्ने स्थितिमा थिइन।
"स्वीटी मेरो राजसंग ब्रेक अप भयो ।"
उफ्! सायद यहि सुन्नलाई होला आज मलाई निन्द्रा परेकै थिएन ।एकछिन म ट्वाल्ल परें । उनि मसंग बारम्बार भन्ने गर्थिन राजको बारेमा अनलाईनमा भेट्दा ।भन्थिन् "हामी केहि वर्ष पछि बिहे गर्छौ । उ मेरो धेरै केयर गर्छ।मलाई के मन पर्छ ,कस्तो कपडा ,कस्तो खाना मन पराउँछु सबै थाहा छ राजलाई।"
घर छाडेर यु. के. गएपछि राजलाई उनले अनलाईमै भेटेकी थिईन् ।उसले भने अनुसार राज अष्ट्रेलिया गएको ३ वर्ष भएछ ।उनिहरु घण्टौं च्याटमा बिताउने गर्दथे । कुनै दिन अनलाईनमा नभेटदा दुबैलाई छटपटी चल्थ्यो । फेसबुकमै चिनेको राजले भन्ने गर्थ्यो रे " रेबिका तिमी नहुदोँ हो त म अनलाईनमा पनि बस्ने थिइन।"
आफ्नो नितान्त व्यक्तिगत कुराहरु सबै मसंग सेयर गर्थिन् रेबिका आखिर बाल्यकालदेखिकै साथी जो थियौं हामी। दु:ख होस या खुसी मसंग सेयर नगरी मनले नमान्ने रे उनलाई।
कति हँसिली देखिन्थिन् । राज र रेबिकाबिचको मायाको झाङ फैलदैं थियो ।उनि राजप्रति यति विश्वस्त थिइन कि एकदिन मैले रेबिकालाई अनलाइनमा देखेर" हाई डियर" भन्दा "म रेबिका हैन सरी ल म त राज हुँ ।" भन्ने रिप्लाई आयो ।
मैले हत्तपत्त च्याट क्लोज गरें । पछि थाहा पाएं रेबिकाको फेसबुक राजले चलाएको रहेछ।उसलाई रेविकाको आई डी र पासवर्ड दुबै थाहा रहेछ।रेबिकाले नै दिएकी रे ।राज बेलाबेलामा त्यसरी रेबिकाको आई डी चलाउँदो रहेछ।
मैले " डियर यति धेरै विश्वास गर्नु पनि ठिक हैन आफ्नो सेक्रेट नै बाताउनु त ।"
हाँस्दै उनले त्यतिबेला मलाई " स्वीटी आत्तिनु पर्दैन।उ त्यस्तो छैन म राजलाई राम्रोसंग चिन्छु ।"
यति धेरै विश्वास अनलाईन भेटिएको प्रेमीमाथि ।म दङ्ग परेकी थिएं र आफ्नो मनलाई उन सक्छ उनिहरुबिच धेरै प्रगाढ माया भएर होला यो हदसम्म गएको भनेर सान्त्वना दिएकी थिएं ।
त्यसपछिका दिनहरुमा रेबिकाले नबोलाएसम्म मैले कन्भर्सेसन गरिन । जतिपटक हामी बीच च्याट हुन्थ्यो त्यतिपटक उनि राजको कुरा गर्न छुटाउँदिनथिन् ।एकपटक भिडियोकलमा "स्वीटी हेर त यो ड्रेस कस्तो छ? राजले आज मातृ कुरियो गरेर पठाएको ।" हल्का निलो रङ्गको वान पिसमा उनि सुन्दर देखिन्थिन्।मैले नियालेर हेरेको थिएं ।गलामा सेतासेता मोतिका दाना झै देखिने मालाको गोलो घुमाउरो बुट्टा थियो ।
मैले "वाउ ईट्स सो ब्युटीफुल डियर ।" भनें।
उनि पनि दङ्ग थिइन त्यसदिन।
भन्दैथिइन् "मैले पनि १ हप्ता अगाडी राजलाई आई फोन पठाएकी थिएं ।"
यसो भनिरहदाँ उनि निकै प्रफुल्लित मुद्रामा देखिन्थिन् ।
यस्तै यस्तै चल्दैथ्यो ।त्यसपछिका दिनहरु पनि खुसीसाथ बित्दै थियो । झण्डै २ महिना भएको थियो । मैले उनलाई नसम्झेको त हैन तर उनि अनलाईनमा देखिन छोडेकी थिईन् ।
सोचें सायद ब्यस्त होलिन् ।भन्दैथिइन "स्वीटी अब पढाई सकियो ।अब हार्ड वर्क गर्छु ।बैङ्क ब्यालेन्स जो बनाउनु छ।यतिका वर्ष यहि बसियो ।अलिकति भएपनि पैसा त घरतिर पनि पठाउनुछ ।
उनले त्यसपछि कहिले नाईट कहिले डे सिफ्टमा काम गर्न थालेकी थिइन् ।मासिक डेढ लाखसम्म हुन्छ भनेकी थिइन्। सयद काममा निकै ब्यस्त भैइन् ।
एकदिन मलाई वेभक्याममा हेर्दै भनेकी थिइन "स्वीटी तिम्रो कपाल कस्तो ड्राई देखिएको। म यहाँबाट स्याम्पु र कन्डिसनर कुरियो गर्छु ।यहाँको प्रोडक्ट्को क्वालिटि राम्रो हुन्छ।"
मैले मैले मुसुमुसु हाँसेर " भैगो अहिले हैन ।कुरियो गर्दा महङ्गो पर्छ ।तिमी आउँदा नै ल्याउ न ।"भन्दा उनि खुलेर हाँसेकी थिइन् ।दिलदार हाँसो । मैले जीवनमा सायदै देखिकी थिएं उनको मुहारमा काला बादलका धर्साहरु ।मानौ उनि हाँस्न कै लागि जन्मिएकी हुन् । पुक्क परेको गाला ,हल्का निलो थियो त्यो चिम्सा आँखाको रङ्ग ।ओठमा हरदम मुस्कान झुण्डिरहने झर्नै नमान्ने।लाग्थ्यो दन्त्यकथाको राजकुमारी यस्तै हुदीँहुन् ।
तर तर उफ् ! टाउको भाउन्न हुन थाल्यो । कपालको जरा जरा दुख्न थाल्यो।कन्ञ्चट कट्कट् खान थाल्यो ।घडिको टिक् टिकले फेरि शुन्यता चिर्न थाल्यो । भावशुन्य भै ल्यापटमा म मेरी सखालाई एकहोरो हेर्दैथिएं ।मेरी सखा कस्ती थिइन् ।सूर्यमुखी फूलजस्ती। तर त्यो टेक्नोलोजीले दिएको अनुपम उपहार सानो ल्यापट भन्ने बक्सभित्र मेरीसखी सिचाँई बिनाको ओईलेको बिरुवा झै लत्र्याक्क परेकी थिइन् ।उनि अब म बाट कुनै पीडा लुकाउन नसक्ने स्थितिमा पुगेकी थिइन्। विस्तारै उनको आवाज भक्भकिन थाल्यो भर्सिन लागेको भातको सुक्न लागेको पानि जस्तै भक्भक् । नजिकै भए अंगालोमा भरेर "नरोउ म छु ।" भन्न मन लाग्यो ।एकछिनमा उनि टेबलमाथि घोप्टिईन् ।सुँक्क सुँक्क आवाज एकहोरो मेरो कानमा माहुरीको भुन् भुन् जसरी।उनको चम्किलो केश लाईटले झनै टलक्क टल्किएको थियो ।
केहिबेर पछि दुईहातले आँखाको चेपचेपबाट बगेको आँशु पुछिन् अनि फेरि फिसिक्क हाँसिन् । र
भनिन् "स्वीटी मन हलुङ्गो भयो ।"
म पनि उनिसंगै एकमुठी हाँसे ।
बोल्न खोजें।आवाज म्युट थियो। बल्ल बल्ल भोलुम बढाएं ।" कसरी यस्तो भयो?'
"खै कसरी भनुँ। राज बिबाहित रहेछ ।एउटा छोरा पनि छ रे।मैले थाहा पाएं ।अनि सोध्दा उ मसंग झर्किएर "तिमी मलाई विश्वास गर्छौ कि अरुको? यसरी म माथि अहिलेनै अविश्वास गर्नेसंग मेरो जीवन कसरी निर्वाह हुन्छ"भन्यो रे। रेबिका केहि बोल्न खोज्दैथिइन् रे राज अफलाईन भैहाल्यो रे।
त्यसपछिका दिनहरुमा राजलाई अनलाईनमा भेटिन रेबिकाले।कहिलेकाँहि आक्कल झुक्कल देखिहाले पनि रेबिकाले बोलाउँदा पनि नबोलि अरु नै केटीहरुसंग च्याटमा ब्यस्त ।
उसको यस्तो अविश्वस्निय ब्यबहारले रेबिका मर्महात भैइन्।एक छोराको बाबुले आफू अबिबाहित हुँ भनेर प्रेम प्रस्ताव राख्दा त्यसभन्दा अगाडी आएका थुप्रै प्रपोजहरुलाई लत्याएर स्वीकृती दिएकी थिइन् रेबिकाले ।भन्ने गर्थिन् "स्वीटी मेरो म्यासेज बक्समा लभ प्रपोजका म्यसेजले टन्नै भरिएको छ ।ह्याङ्ग होला भन्ने टेन्सन्। हि हि ।"
उनि मस्त हांस्थिन्। हुन पनि किन नाओस।राम्री उस्तै त्यसमाथि थुप्रै प्रोफाईल पिक्चर राख्थिन् ।घरपरिवारसंग बिछोडिएर गएदेखि न्यास्रो मेट्न फेसबुकको प्रयोग गर्न फ्रेण्डलिस्टमा झण्डै पाँचहजार त फ्रेण्ड पुग्न लागिसकेको थियो ।
सयौं प्रस्तावहरुलैइ पछाडी राखेर राजलाई विश्वास गर्न थालेकी रेबिकालाई मैले सम्झाउने प्रयास नगरेको पनि त हैन।एकदिन मैले भनेकी थिएं " डियर यस्तो अनलाईनमा भेटेको मान्छेको के भरयति धेरै गहिरेर पनि नजाउ है ।"
"हुन त हो स्वीटी।तर राज ती मध्य हैन ।म पनि पहिले यसै भन्ने गर्थें ।समय बिताउन मात्रै हो जस्तो लाग्थ्यो यी सब ।राज जस्ता हजारौं भेटिन्छन् ।तर पनि खै किन हो मनलाई सम्हाल्न सकिन।" यसरी मैले सम्झाउँदा पनि नमानेर एकहोरो विश्वासमा प्रेम बर्षाईरहि उनले।
आज उनै प्रिय रेबिकाको मुटु क्षतबिक्षत भएको थियो।
मसंग बोल्ने शब्दहरुको अभाव भयो।मात्रै यति भनें "डियर अनलाइन प्रेममा यस्तो हुन्छ।छोडिदेउ।धेरै गहिरेर पनि नजाउ ।"
तर सायद उनि धेरै टाढा पुगिसकेकीथिइन्। भनिन् " राज एक छोराको बाबु हो भन्ने जानेपछि पनि किन यो मन मान्दैन उसंग टाढा हुन?दिमागको कुना कुनामा राजसंगको याद खोपिएको छ।सायद म राजलाई आज पनि उत्तिक्कै माया गर्छु ।कुनै खेल खेलिरहेकी छुईन जहाँ जित्नु पर्छ नै भन्ने छैन ।"
म उनको यस्तो प्रतिकृया सुनेर स्तब्ध भएं ।त्यसो भए के त? रेबिका प्रेममा पक्का डुबिसकिन् त? म भावशुन्य भएं । कुनै दिन "स्वीटी यो अनलाईनमा हुने गफगाफ मात्रै टाईमपास हो ।यसले मलाई एकछेउ पनि छेउ पनि छुदैंन।" भन्ने गर्थिन् ।तर आज ख्याल ख्यालमै उनि कसैप्रति प्रेमप्रति आश्क्ती भैसकेकीथिईन्।
न रङ ,न रुप, न परिवेश ,न भविष्य हेर्छ यो प्रेमले । सच्चा मनले प्रेम गरेको छ भने त्यति सजिलै बिर्सन सकिदैंन भन्छन् ।साँच्चै नै उनि पनि उस्तै हालतमा थिइन् ।राजसंगको बिछोड पछि पनि उस्तै माय गर्दैथिइन् । अविरल अनवरत।च्याटमा बोलाउँदा राज नबोल्दा उनको मुटु छिया छिया हुन्थ्यो।पल पल मर्थिइन्। मन यसै मरिसकेको र बांकी रहेको त्यो तन पनि सुकेर खङ्ग्रङ्ग परेको रुख जस्तै ।यस्तो लाग्यो मानौ कुनै खेतको बीचमा कपडा बेरेर गाडिएको बुख्याचाहो ।
कस्तो माया हो यो ? जस्ले एउटा सुन्दर बस्ती उजाड परिदिन्छ,जस्ले मगमगाउँदो फूलबारीलाई उजाड उजाड मरुभूमिमा परिणत गरिदिन्छ।उफ् !यस्तो पनि माया।
म यस्तै तरङ्गमा तैरिदैँथें ।"स्वीटी मेरो ड्युटीको टाईम भयो ।नेक्स्ट टाईम भेटुलाँ ल । "कानमा रेबिकाको मधुर आवज गुञ्जियो । म झस्याङ्ग भएं।
"हुन्छ डियर पिर नगर ल ।आफ्नो केयर गर।सुख दु:ख यस्तै हो ।आउँछ जान्छ।कहिल्यै समाप्त हुन्न।के थाहा तिम्रो राजकुमार राज भन्दा पनि बढि माया गर्ने अरु नै कोहि पो छ कि? ओके बाई ,सि यु,टेक केयर।"मेरो मुखबाट ह्वार्ह्वर्ती निस्किएका यी शब्दहरु सुन्ने कोहि थिएन ।रेबिकाले अघि कल काटिसकेकी थिइन्।
म त अघि देखि एक्लै पो फतफताउँदै रहेछु।
लाज पनि लाग्यो आफैदेखि एकछिनत।टाउको जुरुक्क उठाएर वरिपरि हेरें।भित्ता मलाई हेर्दै जिस्काउँदैथ्यो ।चुपचाप ल्यापटप बन्द गरें ।अनि ओछ्यानमा डङ्ग्रङ पल्टिएं ।आँखा चिम्म गरेर सुरजलाई सम्झिएं ।उ गएको पनि ३ वर्ष भैसकेको थियो ।मैले रेबिकाको ठाउँमा आफूलाई राखेर हेरें अनि राजको ठाउँमा सुरजलाई ।कल्पना गरें।कतै सुरजसंग मेरो पनि त्यस्तै बिछोड भएको भए।म त ज्युंदै मर्थे होला।कल्पना गर्न पनि डर लाग्यो ।,सुरजको अनुपस्थिति बिनाको जीवन कहाली लाग्यो।रङ्गहिन जीवनको सतहमा म एकछिन पनि उभिन नसक्ने थिएं। हाम्रो पनि त डेढ वर्ष लामो लभ अफेयर पनि यहि अनलाईनप्रेमबाट नै शुरु भएको थियो ।हाम्रो दिनहुँको च्याटले नै हामीलाई यति नजिक ल्याको थियो कि हामी एक अर्का बिना एकपल पनि बाँच्न नसक्ने भएका थियौं। सायद सुरजको बेईमानी राजलाई उछिन्ने अस्त्र बनेको भए म आज यतिखेर सुरजलाई यसरी सम्झिराखेकी हुन्न थिएं होला।अहो ! मुटु कसरी काँप्दै थियो परिकल्पनाले मात्रै पनि।
उसको अनलाईन बिबाह गर्ने प्रस्ताब अनि मेरो सहमतिले गरेको कोर्टम्यारिज यी सब कुराको अहिले कुनै अहिमियत रहन्न थियो होला यदि राजकै बाटो सुरजले अपनाएको भए।यस मानेमा म भाग्यमानी रहेछु ।अझ भन्नु पर्दा मैले रोजेको व्यक्ति गलत परेनछ।जति म इमान्दार थिएं उतिनै सुरज पनि। प्रेममा विश्वासको डोरी बलियो हुनु जरुरी हुन्छ ।अझ गाँठो बलियो भयो भने कहिले चुडिदैंन।यस्तै मायाको बलियो डोरीमा हामी बाँधिका थियौ।अब मलाई सुरजप्रति असिम माया ,स्नेह पलाएर आयो।किन किन मलाई सुरजको उपस्थितिको मीठो सपना देख्ने अनौठो रहर जागेर आएको थियो त्यसैले म छिट्टो भन्दा छिट्टो निन्द्रादेबिको काखमा लुट्पुटिन हतारिएं। सुरजलाई सम्झदै न्यानो सिरकभित्रबाट दलिन गन्न थालें।

Subscribe to:
Comments
(
Atom
)